२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आफ्नो व्यवसायको बारेमा कपोकल्पित, झुट्टा र पुर्वाग्रही समाचार छापेको भन्दै पोर्चुगलका व्यवसायी कुँवरले गरे खण्डन

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७७, आईतवार ००:३६

लिस्बन । पोर्चुगलमा सफल व्यवसायीको छवि बनाएर एउटा विश्वसनीय र सुपरिचत कम्पनी लक्ष्मी ट्राभल्स कम्पनी सन्चालन गरिरहेका विक्रम जङ्ग कुँवरले उनको र कम्पनीको बारेमा पोर्चुगलबाट सन्चालित एउटा अनलाइन पत्रीका प्रकाशित झुट्टा र कपोकल्पित समचारको खण्डन र भत्सर्ना गरेका छन् ।

आफ्नो व्यवसाय र सामाजिक छविलाई गिराउन व्यक्तिगत पुर्वाग्रह राखी आफ्नो निजले निहित स्वार्थ पूरा गर्न छापिएको भ्रामक र नक्कली समाचारमा विश्वास नगर्न एक विज्ञप्ति प्रकाशित गरी कुँवरले आग्रह गरेका छन् ।

यस्ता झुट्टा, नक्कली र भ्रामक समचार प्रकाशित गर्ने भ्वाइस अफ नेपाल टिभी र नक्कली सामाजिक सन्जाल संचालन गर्ने निजका संचालक विरुद्ध पोर्चुगलको सम्बन्धित निकायमा कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको पनि कुँवरले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

हेर्नुहोस् बिक्रम जंग कुँवरद्वारा जारी खण्डन विज्ञप्ति :

मेरो व्यवसायलाई नोक्सानी पुर्याउने र मेरो चरित्र हत्या गर्ने हेतुले प्रकाशित झुट्टा समाचारको खण्डन र भत्सर्ना

आदरणीय पोर्चुगल र विदेशमा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनी नमस्कार !

म लामो समयदेखि पोर्चुगलमा रहेर आफ्नो व्यवसायका साथसाथै सामाजिक क्षेत्रका कामहरु पनि सक्रिय रूपमा गर्दै आएको छु ।

मेरो ट्राभल्स, टिकेटिङ्ग र मनी ट्रान्ससफरको कम्पनी र व्यवसायलाई पोर्चुगल सरकारको नीति, नियम र कानुनको अधिनमा रहेर संचालन गरिरहेकोले मेरो लक्ष्मी ट्राभल्स कम्पनी अहिले पोर्चुगलमा नेपाली र अन्य आप्रवासी समुदायमा एउटा भरपर्दो, विश्वासनीय सेवा दिने कम्पनीमा परिचित छ । त्यही विश्वासिलो कामको आधारमा पोर्चुगलको सरकारी निकायबाट हाम्रो कम्पनी सम्मानित र पुरष्कृत पनि हुँदै आएका छ ।

हामीले दिएको व्यवसायिक सेवा र हाम्रा ग्राहकहरुले गर्नु भएको विश्वास र मायाले नै पोर्चुगलको राजधानी लिस्बन र बाहिर पनि कम्पनीको शाखा विस्तार गरि व्यवसाय सन्चालन सफल भएका छौं ।

मैले व्यवसाय शुरु गरे देखि नै मेरो चरित्र हत्या गर्ने र व्यवसायलाई नोक्सान पुर्याउने अत्यन्त दुषित, गलत र पुर्वाग्रही मानसिकताले पोर्चुगलबाट सन्चालित “भ्वाइस अफ नेपाल टिभी” भन्ने अनलाइन पत्रीका र त्यसका संचालकले मेरो चरित्र हत्या गर्ने र कम्पनीको शाख गिराउने दुराग्रहले बारम्बार कपोकल्पित, झुट्टा र नक्कली आरोप लगाउदै समचार प्रकाशित गर्दै आएका छन् ।

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा दुई दुई पटक चुनाव लड्दा नेपाली समुदायले तिरस्कार र अस्वीकार गरेर दिएको पराजयको पीडा, कुण्ठा र चिडचिडाहट पोख्न उनले यहाँको नेपाली समुदायका सामाजिक अगुवा र धेरै व्यवसायिक व्यक्तिहरुलाई लान्छाना लगाउदै बारम्बार जथाभावी झुट्टा, कपोकल्पित र चरित्र हत्या गर्ने कुरा लेखेर नेपालीहरुलाइ सताउने गरेको कुराबाट पोर्चुगलको सिङ्गो नेपाली समुदाय भुक्तभोगी र पीडित हुँदै आएका छौं ।

मेरो नीजि व्यबसायलाइ एनआरएनएको पदाधिकारी रहेर मैले गरिरहेको सामाजिक सेवालाई जोडी एनआरएनएसंग सरोकार नै नभएको कुरा र सन्दर्भ अनावश्यक रूपमा प्रचार गरेको कुरा अत्यन्त खेदजनक र निन्दनीय छ ।

हिजो मात्रै पनि मेरो फोटोसहित “एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् !” शिर्षकमा निजले आफ्नो अनलाइन पत्रीका “भ्वाइस अफ नेपाल टिभी”मा फेरि अर्को एउटा नक्कली, भ्रामक र हुँदै नभेको झुट्टा समाचार प्रकाशित गरी उनीद्वारा बनाइएका अनेकौं नक्कली फेसबुक आइडी र ग्रुपमा सेयर गर्ने काम गरेको प्रति म घोर भत्सर्ना गर्दै त्यो समाचारको खण्डन गर्दछु ।

यस्तो खालको मेरो चरित्र हत्या गर्ने र कम्पनीको शाख गिराउने झुट्टा र कपोकल्पित समचार र उनीद्वारा संचालित सामाजिक सन्जालका नक्कली आइडी र ग्रुप विरुद्ध मैले साइबर क्राइम अनुसार कानुनी कार्वाहीको प्रक्रिया पनि अगाडि बढाएको छु । निजलाई गरेको कानुनी कार्वाहीबाट प्राप्त नतिजा पनि तपाईंहरु समक्ष म भविष्यमा सार्वजनिक गर्नेछु ।

निजले आफै पनि गुप्त रूपमा ट्राभल्स व्यवसाय चलाइ प्रतिष्पर्धी कम्पनीको शाख गिराउने र अबैध रूपमा कोठा भाडा लगाउने कामको मध्यस्थता गरि कमिसन खाने काम गर्दै आएको समाजमा सुनिदै, बुझिदै आएको छ ।

पोर्चुगलको नेपाली समाजबाट बहिष्कृत र एक्लो भएका निजले संचालन गरेको पत्रीका “भ्वाइस अफ नेपाल टिभी”मा प्रकाशित कुनैपनि झुट्टा र नक्कली समाचारको भर नपर्न र विश्वास नगर्न पोर्चुगलका नेपाली दिदीबहिनी दाजुभाइहरु र हाम्रा सबै ग्राहक महानुभावहरुमा म विनम्र अनुरोध गर्न चाहान्छु ।

अन्त्यमा म हाम्रो लक्ष्मी ट्राभल्स सधैंव तपाईंहरुको सेवामा सर्वसुलभ, भरपर्दो र विश्वसनीय रुपमा काम गर्न प्रतिवद्द रहेको विश्वास दिलाउनु चाहान्छु । काम गर्ने सिलसिलामा प्राविधिक कारणबाट कुनै त्रुटि भए प्रत्यक्ष मलाई वा हाम्रो कम्पनी र स्टाफहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ, हामी त्यस्ता कुराहरूलाई तत्काल सच्याउने छौं र तपाईंहरुको सेवामा सधैंव हाजिर हुनेछौं ।

बिक्रम जङ्ग कुँवर
संचालक
लक्ष्मी ट्राभल्स
लिस्बन, पोर्चुगल ।