२८ बैशाख २०८१, शुक्रबार
Follow Us

जर्मनी र रूसमा कोरोनाका कारण हुने मृत्यु बढ्यो

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७७, शनिबार ०४:१८

जर्मनीमा एकैदिन संक्रमणका कारण ५ सय ८५ जनाको मृत्यु भएको छ भने २९ हजार ८ सय ७५ नयाँ संक्रमित फेला परेका छन्।

महामारी सुरू भएयता जर्मनीमा यति धेरै संख्यामा मृत्यु र संक्रमण बढेको हो। बढ्दो ग्राफलाई ध्यानमा राख्दै क्रिसमस अगाडि नै लकडाउन सुरू गर्नुपर्ने माग बढेको छ।

त्यसैगरी रूस र युक्रेनमा पनि शुक्रबार उल्लेख्य संख्यामा संक्रमणबाट मानिसहरूले ज्यान गुमाएका छन्।

रूसमा एकैदिन ६ सय १३ जनाको मृत्यु भएको छ भने २४ घण्टाको अवधिमा युक्रेनमा २ सय ८५ जनाको मृत्यु भएको छ।

जर्मनीमा नेभोम्बरदेखि नै आंशिक लकडाउनको अवस्था छ। त्यहाँ बार, रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलहरू बन्द रहँदै आएका छन्।

यसैबीच क्रिसमसलाई ध्यानमा राख्दै छुट दिने बारेमा विरार भइरहेको भएपनि बढ्दो संक्रमणले चिन्ता थपेको छ।

यसका कारण ती प्रतिबन्धित स्थान खुल्ने सम्भावना कम भएको छ।