२७ बैशाख २०८१, बिहीबार
Follow Us

उपत्यकामा थपिए ३६३ जना कोरोना संक्रमित

नेपालब्रिटेन डट कम्
३ पुष २०७७, शुक्रबार ०१:५२

काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १५२ महिला र २११ पुरुषसहित ३६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। संक्रमित हुनेमा ३०८ महिला र ४६८ पुरुष छन्।

६ हजार ५८८ स्वाबको पीसीआर परीक्षण गराउँदा ७७६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै बिहीबार ९४७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९५.५ प्रतिशत हो।