२१ श्रावण २०८२, बुधबार
Follow Us

७८२ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ पुष २०७७, शुक्रबार ११:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २९ जना रहेको छ ।

हालसम्म निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ जना रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको छ ।

धेरै पढिएको