३१ बैशाख २०८१, सोमबार
Follow Us

संसद विघटन अलोतान्त्रिक र अविवेकी निर्णय हो, लागू हुन सक्दैन : श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ०६:१०

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस अलोकतान्त्रिक र अविवेकी निर्णय भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएपछि नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरेका छन् ।

प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’