३० बैशाख २०८१, आईतवार
Follow Us

संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ०८:४२

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीलाई यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा शर्माले भनेका छन्, ’यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ-संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’