३१ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना पुष्टि भएका काँग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
५ पुष २०७७, आईतवार १५:४९

काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । छातीसम्बन्धी समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।

अस्पताल निकट स्रोतका अनुसार आइतबार भर्ना भएका उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ ।