१६ असार २०८१, शनिबार
Follow Us

दाहाल-नेपाल पक्षका सांसदहरु बानेश्वरमा

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार ०९:३०

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भएको भेलामा संसद विघनको विरुद्धमा हस्ताक्षर संकलन गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरु पनि पुगेका छन् ।