७ जेष्ठ २०८१, सोमबार
Follow Us

नेकपाका दुवै अध्यक्षले बोलाए केन्द्रीय समितिको समानान्तर बैठक

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार ११:४०

काठमाडौं । सत्तारुढ नेकपाका दुवै अध्यक्ष भोलि मंगलबारका लागि केन्द्रीय समितिको समानान्तर बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएका हुन । त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दिउसो १ बजे कार्की ब्यांक्वेट बबरमहल काठमाडौमा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयवाटै दुई अध्यक्षका लागि दुई जना कर्मचारीले छुट्टाछुट्टै बैठकका लागि निम्ता गरेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्रीको निर्णयले नेकपा विवाद उत्कर्षमा पुगेको छ । दुबैतर्फको बैठकले नेकपा विभाजन नजिक पुगेको बताइएको छ ।

योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९६ दशमलब एक प्रतिशत छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ७७ हजार १ सय ८१ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय २१ जना रहेका छन् । कोरोना संक्रमणवाट थप सात जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात एक प्रतिशत रहेको छ ।