२७ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
७ पुष २०७७, मंगलवार ०३:४६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बोलाइएको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको प्रतिनिधि सभा विघटन सम्बन्धी असंवैधानिक कदमको कडा प्रतिवाद गर्ने कांग्रेसको तयारी छ ।

सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको कांग्रेसले यसअघि नै बताएको छ ।

बैठकमा लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउने विषयमा केन्द्रित भएर छलफल हुने नेताहरुले बताएका छन् । सोमबारको सर्वदलीय बैठक अनुसार सरकारविरुद्धको संघर्षका कार्यक्रम समेत तय गर्ने कांग्रेसको तयारी छ ।