२८ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली पक्षका केन्द्रीय सदस्यको बैठक सुरु

नेपालब्रिटेन डट कम्
७ पुष २०७७, मंगलवार ०५:३०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा पनि सहभगी छन्।

गृहमन्त्री रामबहादुर थापा र उपाध्यक्ष बामदेव गौतम भने बैठकमा गएका छैनन् थापा अझै प्रचण्ड पक्ष वा ओली पक्षमा भन्ने खुलिसकका छैनन्। यस अघि तटस्थ रहँदै आएका हरिबोल गजुरेल प्रचण्ड पक्षमा लागेका छन्।

बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललाई कारबाही गर्ने र केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ।