२८ बैशाख २०८१, शुक्रबार
Follow Us

गौतम र थापा दुवै बैठकमा अनुपस्थित

नेपालब्रिटेन संवाददाता
७ पुष २०७७, मंगलवार १२:०३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै हुनुहुन्छ । आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित हुनुभएको छैन । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । तत्कालीन नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।