२७ बैशाख २०८१, बिहीबार
Follow Us

ओलीलाई हटाउने, माधवलाई पार्टी अध्यक्ष बनाउने दाहाल-नेपाल समुहको निर्णय

नेपालब्रिटेन संवाददाता
७ पुष २०७७, मंगलवार १२:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ । बैठकले ओलीलाई हटाउने, अध्यक्षमा माधवकुमार नेपाललाई बनाउने निर्णय गरेको हो ।

नेकपाको प्रचण्ड–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य उपस्थित भएका छन् । केन्द्रीय कमिटीका ४४५ सदस्य मध्ये ३१५ जनाको उपस्थिति रहेको अध्यक्ष प्रचण्डले जानकारी दिए । नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपालको नाम पारित गरेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।