२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसमा मत विभाजन: एक पक्ष आन्दोलन र अर्को निर्वाचनमा जाने

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार ०५:५७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभा विघटनका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक हिजोदेखि शुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पनि धारणा राख्ने बताइएको छ । आज दिउँसो एक बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

बैठकमा संसद पुनर्स्थापना, सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताएका छन् । कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने पौडेल पक्षको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्नेमा छन् । केही नेता भने अदालतमा पुगेको विषयमा अहिले नै कांग्रेसले निर्णय गर्नुभन्दा अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जानुपर्ने पक्षमा छन् ।