२१ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार ११:५१

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

आजको बैठकमा ४ जनाले धारणा राखेका छन्। केन्द्रीय सदस्यहरू रामशरण महत, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी र गगन थापाले आज बोलेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा पार्टीका तर्फबाट विरोध गर्नुपर्ने बताएका थिए।