२१ श्रावण २०८२, बुधबार
Follow Us

संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार ११:५३

काठमाडौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो।

धेरै पढिएको