२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने

नेपालब्रिटेन संवाददाता
९ पुष २०७७, बिहीबार ०९:५८

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय विरूद्ध कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । बिहीवार सानेपामा भएको केन्द्रीय समिति बैठकले ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न निर्णय गरेको हो ।

१ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय बैठकले गरेको कांग्रेस नेताहरूले जानकारी दिए । कांग्रेसको रामचन्द्र पौडेल समुहले आन्दोलनमा जान नेतृत्वलाई दवाव दिदै आएको थियो । ओलीले प्रतिनिधि सभा भंग गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस बैठक मंगलबारदेखि सुरु भएको हो ।

तीन दिनको बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने बताएका थिए । कांग्रेसले सर्वदलीय बैठकवाट प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै विरोधमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।