२१ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली समूहको बैठकमा गृहमन्त्री थापा उपस्थित

नेपालब्रिटेन संवाददाता
९ पुष २०७७, बिहीबार १०:१७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी भएका छन् ।

उनी यसअघिको कुनै पनि समूहको बैठकमा उपस्थित भएका थिएनन् । गृहमन्त्री थापालाई ओलीतिर नलाग्न प्रचण्ड र माधव नेपाल समूहले आग्रह गर्दै आएका थिए । तर थपा ओली समूहको बैठकमा उपस्थित भए । ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएको बताइएको छ ।