१३ असार २०८१, बुधबार
Follow Us

६१३ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ पुष २०७७, बिहीबार १०:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३९ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा १५४ जना थपिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै काभे्रमा ३०, कास्कीमा ४३, रुपन्देहीमा ३७, कञ्चनपुरमा ४२ र कैलालीमा ५७ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा ४४, २ मा ६, बागमति प्रदेशमा २९५, गण्डकीमा ६४, लुम्बिनीमा ७४, कर्णालीमा ७ र सुदूरपश्चिममा १२३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेको छ । हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १८०८ पुगेको छ ।