काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नयाँ मन्त्रिपरिषद्मा श्रममा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा ,खानेपानीमा गौरीशंकर चौधरी र ऊर्जामा टोपबहादुर रायमाझी नियुक्त भएका छन् । नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने जनाइएको छ । प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।