२३ बैशाख २०८१, आईतवार
Follow Us

देशैंभर दाहाल-नेपाल पक्षको कार्यकर्ता भेला

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७७, आईतवार ११:४०

काठमाडौ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको दाहाल नेपाल समुहले आज देशभर पछिल्लो घटनाक्रमबारे कार्यकर्तालाई जानकारी गराएको हो । सबै जिल्लामा केन्द्रिय स्तरका नेताहरु पुगेर पार्टी विभाजनको अवस्था र प्रतिनिधि सभा विघटनपछिको परिस्थितीवारे जानकारी गराएका हुन ।

भेलालाई सम्बोधन गर्दै दाहाल नेपाल पक्षका नेताहरुले प्रतिनिधि सभा अदालतले पुर्नस्थापित गर्ने विश्वास व्यक्त गरेका छन । उनीहरुले प्रधानमन्त्री ओली संबिधान मासेर निरंकुशता लादने वाटोमा अघि बढेको भन्दै आन्दोलनको विकल्प नभएको समेत जनाएका छन । दाहाल नेपाल समुहले मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

पुस २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने पूर्व निर्धारित कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै नेकपा दुई समुहमा विभाजित छ । दुबै समूह तल्लो तहसम्म संगठन विस्तारमा जुटेका छन । साथै निर्वाचन आयोगवाट आधिकारिकता लिन दुबै समूहले निवेदन दिएका छन ।