३१ बैशाख २०८१, सोमबार
Follow Us

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साहको गाडी

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार १२:१०

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले ठक्कर दिँदा सर्लाही लालबन्दी–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

कम्मर र खुट्टामा चोट लागेकाका तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिएर भागेको गाडीमा मन्त्री भएको बतायो ।