३० बैशाख २०८१, आईतवार
Follow Us

विश्व प्रसिद्ध रमादाको शाखा ठमेलमा

नेपालब्रिटेन डट कम्
५ माघ २०७७, सोमबार ०३:०९

काठमाडौं । विश्वभर प्रसिद्ध रमादाको शाखा पहिलो पटक नेपालमा सञ्चालनमा आएको छ । भारत तथा चीनमा समेत ख्याति कमाएको रमादा पहिलो पटक नेपाल भित्रिएको हो । करिब दुई अर्ब बढिको लगानीमा ठमेलमा खुलेको हो ।

विभिन्न क्षेत्रमा कृयाशिल व्यवसायी र एनआरएनहरुको संयुक्त पहलमा पर्यटकिय क्षेत्र ठमेलको केन्द्रमा स्थापना भएको होटमा, स्टुडियो, रेन्टुरेन्ट, बैङ्क्वेट तथा समिनार हल, स्वीमिङ्ग पुल, जिम हल लगायतका सुविधा रहेका छन् ।

होटेल नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि निर्माण गरिएको थियो । तर कोभिडका कारण २०२० स्थगन हुन पुगेपनि बल्ल होटल सुरु भएको छ ।

भरतमा ५० र चीनमा ४० वटा शाखा रहेको यस होटलेको सुवात सँगै पर्यटहरुको अगमन पनि बढ्ने सञ्चालन समितिका अध्यक्ष शान्तिरमण पंगेनीले बताएका छन् ।