२१ असार २०८१, बिहीबार
Follow Us

नेपाललाई दिइने कोरोनाविरुद्धको खोपबारे भारतमा निर्णय हुँदै

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार ०३:२८

नयाँदिल्ली । भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने विषयमा आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय तय गर्ने भएको हो ।

बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । भारतले पहिलो चरणमा नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई खोप दिने तयारी गरेको छ ।

नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको अस्ट्राजेनेका भारतमा उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणमा पनि खोप उपलब्ध गराउन भारत सकारात्मक देखिएको थियो ।

भारतमा भने शनिवारदेखि खोप दिन शुरु गरिएको छ । खोपका कारण हालसम्म ४ सय ४७ जनालाई सामान्य असर देखिएको छ । बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ ।