२८ बैशाख २०८१, शुक्रबार
Follow Us

रंगेली रेडक्रसका सभापति मण्डल मिटर व्याजमार्फत ठगी गरेको आरोपमा पक्राउ

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार ०५:०७

विराटनगर । मोरङको रंगेली रेडक्रस सोसाइटीको सभापति विनोद मण्डल मिटर व्याजमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका छन् । रंगेली नगरपालिका ६ मधुवनी घर भएका ५५ वर्षीय मण्डल गैर कानूनी मिटर ब्याज असुलीको आरोपमा पक्राउ परेका हुन् ।

आठ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । ठगी मुद्दामा प्रहरीले पाँच दिनको म्याद थप गरि उनको बारेमा अनुसन्धान गरिरहेको छ ।

हालसम्म एक जनाबाट ठगीमा परेको उजुरी आएको छ । पक्राउ परेका मण्डलबाट अरु पनि ठगीमा परेको हुनसक्ने भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मण्डलले रंगेली ५ का श्याम नारयण मण्डललाई चार वर्षयतादेखि विभिन्न मितिमा जग्गा धितोमा राखेर ८ लाख रुपैयाँ ऋण दिएका थिए ।

तर ऋण चुक्ता गर्दा पनि ७५ लाख रुपैयाँ माग गरेर जग्गा फिर्ता नगरेपछि प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले पछिल्लो मिटर व्याजमा सग्लनलाई धमाधम पक्राउ गरिरहेको छ ।