२८ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए ज्याक मा

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार ०९:२९

चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका छन् । चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेका छन् ।

अनलाइनबाट उक्त सम्मेलनलाई सम्मेलन गरेसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा देखिएको छ । ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको भाउ पनि पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि ज्याक माले स्थापना गरेको एन्ट कम्पनीको आईपीओ नियामकले अन्तिम समयमा रोकिदिएको थियो । त्यसयता ज्याक मा सार्वजनिक भएका थिएनन् । गत डिसेम्बरमा चीनमा एन्ट कम्पनीबारे अनुसन्धान सुरु गरिएको थियो ।

चीनले पछिल्लो समय मुलुकमा निकै शक्तिशाली बनेर उदाएका कम्पनीमाथि कडाइ गरिरहेको छ । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो । साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए ।