२८ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा भोला थापा नियुक्त

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार ०९:३०

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकूलपतिमा भोला थापा नियुक्त भएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको सिफारिस समितिले थापालाई उपकूलपतिमा नियुक्त गरेको हो ।

थापा यसअघि सोही विश्व विद्यालयका पूर्व रजिष्ट्रार हुन् । उपकुलपति डा. रामकण्ठ माकाजुसँग विवाद भएपछि थापाले केही समय अघि रजिष्ट्रार पदबाट राजीनामा दिएका थिए ।

सिफारिश समितिले सम्भावित उपकुलपतिको रूपमा तीन जनाको नाम सिफारिस गरेको थियो । उपकुलपतिको रुपमा दुई वर्षे कार्यकाल पूरा गरिसकेका रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रार भोला थापा र बालचन्द्र लुइँटेल सिफारिसमा परेका थिए । उपकुलपति बन्ने इच्छा देखाउँदै ४० जनाभन्दा बढीले निवेदन दिएका थिए ।

यसअघि विश्व विद्यालयका प्राध्यापकहरुले उपकुलपति सिफारिस अपारदर्शी भएको भन्दै आपत्ती जनाएका थिए । उनीहरुले सिफारिसको मापदण्डबारे सार्वजनिक रुपमा प्रष्ट पार्न मागसमेत गरेका थिए ।