२८ बैशाख २०८१, शुक्रबार
Follow Us

तातोपानी नाका २० दिनका लागि बन्द हुने

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार १२:१५

काठमाडौं । तातोपानी नाका भोलि बिहिबार देखि २० दिनका लागि बन्द हुने भएको छ । तातोपानी नाकामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि ९२१ जनावरी० देखि नाका बन्द गरिने भएको हो । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सारले जनाएको छ । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको जनाइएको छ ।