२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार १२:१९

कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं पत्रकार महासङ्घसँगको सहकार्यमा सो सम्मान प्रदान गरिने महासङ्घले जनाएको छ ।

कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन-प्रसारण गरेका चेतनामूलक समाचार सामग्री पठाउन सूचित गरेबमोजिम प्राप्त २८५ समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवं भौगोलिक, विधागत, समावेशीतासमेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट समितिवाट छनोट गरिएको हो । छनोट भएका सबै पत्रकारलाई नगद रु १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने छ ।

सम्मानित हुनेमा ईश्वरी बराल (थाहा सञ्चार नेटवर्क, काठमाडौँ), प्रकाश पन्त (बिबिसी नेपाली सेवा, सुर्खेत) पूर्णचन्द्र घिमिरे (रेडियो नेपाल, काठमाडौँ) बिनु तिम्सिना (नेपाल टेलिभिजन, मोरङ) इन्द्रप्रसाद पौडेल (कान्तिपुर टेलिभिजन, कास्की), नरेन्द्र मानन्धर (इमेज च्यानल, काठमाडौँ प्रतिष्ठान) सिर्जना बराल, (हिमालय टिभी, अष्ट्रेलिया), बिज्जु महर्जन (कान्तिपुर दैनिक, फोटो पत्रकार) दमन राई (नागरिक दैनिक, खोटाङ), फातिमा बानु (कान्तिपुर दैनिक, काठमाडौँ)लगायत हुनुहुन्छ ।