२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रतिनिधिसभा विघटनले मधेश आन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा

नेपालब्रिटेन संवाददाता
८ माघ २०७७, बिहीबार ०५:२३

विराटनगर । मधेश आन्दोलनमा ज्यान गुमाउनेहरुको स्मृतिमा मोरङको रंगेलीमा सहिद दिवस मनाइएको छ । २०७२ साल माघ ७ गते को आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा पाँचौ सहिद दिवस कार्यक्रम मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता सरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मधेश आन्दोलनबाट प्राप्त अधिकार र उपलब्धि गुम्ने खतरा बढेको बताए । संविधानमा प्राप्त अधिकारीलाई संरक्षण गर्दै अपुरो काम पुरा गर्न आफुहरु जुटिरहेको उनको भनाइ छ ।

कार्यक्रमलाई जसपाका नेताहरु अर्मेन्द्र सिंह, सञ्जय सिंह, शंकरप्रसाद साह, मरञ्जु बर्मा, श्याम सरदार, जयराम यादव, राजकुमार यादव, शिशुपाल यादव ,शंकर प्रसाद साह, पन्नालाल मण्डल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मान गरिएको छ ।