१६ बैशाख २०८१, आईतवार
Follow Us

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : ओली

नेपालब्रिटेन संवाददाता
११ माघ २०७७, आईतवार ११:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक भएँ भनी प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले संसद् विघटन असवैधानिक भनेर कराउनेहरु संविधान विरोधी भएको बताए । उनले संसद विघटन असंवैधानिक भनेर कराउने मान्छेहरु, संविधान, लोकतन्त्र र देशविरोधी भएको आरोप पनि लगाए ।

उनले आफू पनि आंशिक अपांगता भएकै व्यक्ति भएको भन्दै सरकारले गच्छेअनुसार अपांगता भएका व्यक्तिका संरक्षणका लागि पहल गर्ने आश्वासन पनि दिए । उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै त्यस निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने दाबी पनि गरे ।