२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रधानमन्त्री ओली आज दाङ जाँदै

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७७, सोमबार ०५:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन । राप्ती नदीमा बनेको पक्की पुलको उदघाटन र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी दाङ जान लागेका हुन् ।

उनले सिसहनियाँ–महदेवा जोड्ने गरी राप्तीमा बनेको पक्की पुलको उदघाटन गर्ने कार्यक्रम छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ । पुल उदघाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई ओलीले सम्बोधन गर्नेछन् ।

पार्टी विभाजन भएपछि ओली दोस्रोपटक कााठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि उनी सुदुरपश्चिममा आयोजित सभामा सहभागी भएका थिए ।