३२ असार २०८२, बुधबार
Follow Us

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार १२:५४

कैलाली । माटोको ढिस्कोले पुरिएर कैलालीमा ३ जनाको मृत्यु भएको छ भने दुई घा‍इते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् । उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताए ।

धेरै पढिएको