३२ असार २०८२, बुधबार
Follow Us

रूसद्धारा जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञहरुलाई देश निकाला

नेपालब्रिटेन डट कम्
२४ माघ २०७७, शनिबार १५:४४

लण्डन । रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञहरुलाई देशबाट निकाला गर्ने भएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको प्रदर्शनमा भाग लिएको भन्दै राष्ट्रपति भ्यादिमिर पुटिनले ३ कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । ईयूका विदेश मामिलाका प्रमुख जोसेप बोररेलले मस्कोमा रूसी विदेश मंत्री सर्गेई लाभ्रोभलाई भेटेको केही घण्टा पछि राष्ट्रपति पुटिनको यस्तो घोषणा गरिएको हो ।

यद्यपी स्वीडेनको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञले कुनै पनि प्रदर्शनमा भाग नलिएको दाबी गरेको छ । अन्य मुलुकले भने क्ुनै प्रतिक्रिया दिएका छैनन् । नाभाल्नी जर्मनीमा लामो उपचारपछि उनी गत महिना रुस फर्किएका हुन् । नाभाल्नी करिब १ बर्षसम्म नजरबन्दमा थिए ।

सोही आधारमा अदालतले सुनाएको सजायमा १ बर्ष कट्टा गरिएको छ । नाभाल्नीविरुद्ध सरकारले चालेको कदमलाई लिएर रुसमा लामो समयदेखि प्रदर्शन समेत हुँदै आएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई गत मंगलबार मात्रै ३ वर्षको जेल सजाय सुनाउँदै जेल चलान गरिएपछि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सम्भावित हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले उल्लेख गरेको छ ।

धेरै पढिएको