३२ असार २०८२, बुधबार
Follow Us

सभामुख सापकोटाद्वारा दायर संवैधानिक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७७, आईतवार ०६:४४

काठमाडौँ। संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटरिटमाथि आज सुनुवाइ हुँदैछ।

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेको रिटमाथि आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेञ्चमा सुनुवाइ हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ। रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिएका थिए ।

धेरै पढिएको