१ श्रावण २०८२, बिहीबार
Follow Us

विमानस्थल प्रवेशमा दलका कार्यकर्तालाई कडाइ

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७७, सोमबार १३:२०

सुनसरी । विराटनगर विमानस्थलले दलका कार्यकर्तालाई प्रवेशमा कडाइ गरेको छ । सुरक्षामा थ्रेड आएपछि विमानस्थलले कडाइ गरेको हो । यो निर्णयसँगै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीले सोझै विमानस्थल पस्न पाउने छैनन् ।

मोरङका राजनीतिक दल तथा प्रशासनले भीड व्यवस्थापनका लागि कडाइ गर्ने सहमति गरेका विराटनगर विमानस्थलले जनाएको छ । सोमबार आयोजित एक छलफल कार्यक्रममा विमानस्थलमा भीआईपीको स्वागतका लागि पाँच जनामात्र जान मिल्ने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए । उनले भने, ‘२०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ वैशाख १६ पछिको परिपत्रमा भीआईपीको स्वागतका लागि पाँच जना मात्र जान मिल्ने उल्लेख छ, त्यसलाई पूर्ण कार्यान्वयन गर्न लागिएको हो ।’

राजपत्रमा प्रकाशित भएको भन्दा पनि अहिले परिमार्जन भएर आएको छ, त्यसलाई कार्यान्वयनमा कडाइ गर्नेबारेमा दलहरूसँग सहमति गरेर अघि बढ्छौं, खरेले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कानुन भएर पनि कार्यान्वयनमा केही लचक भएको प्रशासनले भीआईपीको पहिचानमा नै समस्या भएपछि कडाइ गर्न लागिएको बताए । ‘स्वागतका लागि भीआईपीमा जानेभन्दा पनि भित्र सेल्फी खिच्न जाने गरेको पाइएको छ’, उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्नका लागि कुनै समस्या छैन, कडाइका साथ कार्यान्वयनमा लैजाने हो ।’

धेरै पढिएको