१ श्रावण २०८२, बिहीबार
Follow Us

बाइडेन र मोदीबीच टेलिफोन वार्ता

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार ०३:४७

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत टेलिफोन वार्ताको बारेमा जानकारी दिएका हुन् ।

वार्तामा क्षेत्रीय मुद्दा र आफ्ना साझा प्राथमिकताकाबारे चर्चा भएको मोदीले उल्लेख गरेका छन् । दुई विश्व नेताबीच जलवायु परिवर्तन रोक्नका लागि सहयोग बढाउने विषयमा पनि सहमति भएको छ ।

राष्ट्रपति बाइडेन र मोदी एशिया–प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षाका लागि आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो पार्न पनि सहमत भएका छन् । मोदीले वार्तामा बाइडेनको कार्यकालमा दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।

धेरै पढिएको