१ श्रावण २०८२, बिहीबार
Follow Us

सरकारले दियो निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार १४:०१

काठमाडौँ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयमा मङ्गलवार(आज)आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता गरेको जानकारी दिएका हुन् । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ मा निर्वाचन गर्ने घोषण गरेअनुसार निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो।

धेरै पढिएको