४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

१६० कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार १४:०२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६५ जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ३७ जना रहेको छ । ८७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।