१ श्रावण २०८२, बिहीबार
Follow Us

ओली छाडेर सांसद समिना प्रचण्ड–नेपाल समूहमा

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार १४:०३

काठमाडौं । प्रतिनिधिसभाका पूर्वसांसद तथा नेकपाकी नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै समिना हुसेन प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।

सांसद हुसेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘के.पी. ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’

धेरै पढिएको