१ श्रावण २०८२, बिहीबार
Follow Us

“प्रतिनिधिसभा विघटन गर्ने निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भूमरिमा फस्छ”

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार १४:०६

काठमाडौं । नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन ।

नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरिमा फस्ने चेतावनी दिए ।

यद्यपी आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउनेमा विश्वस्त रहेको उनले स्पष्ट पारे । संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुने उनको भनाई थियो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी समेत गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुहदायसंग समर्थनका लागि अपिल गरिएको जानकारी दिए ।

अध्यक्ष दाहालले भारतसंग,चीनसंग, अमेरिकासंग, युरोपियनहरुसंग पनि कुरा भईरहेको छ र आफुहरुले सार्वजनिक अपिल पनि गरेका उल्ल्ेख गर्दै आवश्यकता अनुसार सामुहिक भेटघाटको पनि आयोजना गर्न सकिने संकेत गरेका छन ।

धेरै पढिएको