१ श्रावण २०८२, बिहीबार
Follow Us

६७ वटा गोरु नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
२७ माघ २०७७, मंगलवार १७:०९

मोरङको केरावारी–५ स्थित सतिसालेबाट अवैध रुपमा ल्याउँदै गरेको तीन ट्रक गोरु नियन्त्रणमा लिएको छ ।अवैध रुपमा गोरु ओसारपसार गरिरहेको विशेष सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीन वटा ट्रकमा लोड गरिएको ६७ वटा गोरु नियन्त्रण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा लोड गरिएको अवस्थामा ६७ वटा गोरु फेला परेको हो ।

पक्राउ परेको गोरु सिन्धुपलान्चोक घर भएका ठेकदार विश्व बस्नेतको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता लोकदर्शन थापाले बताए । थापका अनुसार ट्रक चालक, ट्रक र गोरु पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

धेरै पढिएको