२० जेष्ठ २०८१, आईतवार
Follow Us

राष्ट्रपति सन्की प्रधानमन्त्रीको प्यादा: झाँक्री

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७७, बुधबार १०:२५

काठमाडौ । नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको बताएकी छिन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’ आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।

कार्यक्रममा बोल्दै झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । नेतृ झाँक्रीले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने बताइन् । उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।

कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला

अस्मिता मिचियो भनेर ?
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’

निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएर हत्या हुँदा खेरीनै ‘महिला अस्मिता बलात्कृत भएको उनले बताइन् । सम्बोधनमा झाँक्रीले विद्या भण्डारीले नेपाल महिला संघलाइ १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको भन्दै त्यसका सदस्यहरुको महिला अस्मिताको प्रश्न उठाएकोमा पनि भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् जन्न मन लागको बताइन् ।