काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभामा सहभागीहरुले सभालाई सम्बोधन गर्ने नेताहरुलाई बोल्दा विचार गर्न चेतावनी दिएका छन् । सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दा घाइते अपाङ्गहरुसँग सम्बन्धित शब्दहरु प्रयोग गरेपछि उनीहरुले कार्यक्रम सञ्चालक लीलामणि पोखरेललाई नोट टिपाएर विरोध गरेका हुन् ।
नोट टिपाउँदै उनीहरुले भेलामा सयौँको संख्यामा अपाङ्गता भएका मानिसहरुको पनि सहभागिता भएको स्मरण गराउँदै उनीहरुले शासकलाई गाली गर्दा आफूलाई अपमान हुने शब्द प्रयोग नगर्न चेतावनी दिएका हुन् ।