१ श्रावण २०८२, बिहीबार
Follow Us

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७७, बुधबार १२:१०

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। बैंकको यसअघिका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार मात्रै राजिनामा दिएका थिए। उनको राजिनामा स्वीकृत भए लगत्तै सञ्चालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारीमा नियुक्ति गरेको हो। यस अघि उनी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

धेरै पढिएको