२ श्रावण २०८२, शुक्रबार
Follow Us

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार १२:१८

काठमाडौँ । नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ।

धेरै पढिएको