२ श्रावण २०८२, शुक्रबार
Follow Us

दाहाल-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७७, आईतवार ०९:०५

काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।

यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए । अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि राजनीतिक दलहरुबीच संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका थिए । तर त्यसमा कांग्रेस र जसपा तयार भएका छैनन्।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीदारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रीक भएकेभन्दै आन्दोलनरत नेकपा दाहाल-नेपाल समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ। यस क्रममा नेपाल बन्द, विरोधसभा, धर्ना तथा मसाल जुलुसको कार्यक्रम गरिएको थियो।

धेरै पढिएको