५ जेष्ठ २०८१, शनिबार
Follow Us

बस्नेतविरुद्ध सपनाले दिइन प्रहरीमा जाहेरी

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७७, आईतवार ०९:२०

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी सपना रोका मगरले युटुबर विजयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले आज महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् ।