१ श्रावण २०८२, बिहीबार
Follow Us

१०५ जनामा कोरोना पुष्टि, ९९ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७७, मंगलवार १२:२८

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३३६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार नौ सय ४५ पुगेको छ ।

यस्तै थप ९९ जना कोरोना संक्रमित सङ्क्रमणमुक्त भई डिस्चार्न भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । अहिले नेपालमा १ हजार ५८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २हजार ५५ पुगेको छ ।

धेरै पढिएको