काठमाडौँ । सपना रोका मगरलाई अभ्रद्र व्यबहार गर्ने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सपनाले विनयलाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको जानकारी दिएकी छन् । सपनाले विनयले आफुलाई अभ्रद्र व्यवहार गरेको भन्दै आइतबार काठमाडौँ प्रहरी परिसरमा गत आइतबार उजुरी दिएकी थिइन् ।
सामाजिक संजालमा जानकारी दिदै सपनाले सत्यतत्थ कानुनी प्रक्रिया अनिसार नै बाहिर आउने उल्लेख गरेकी छन् । विनयले सपनाको नग्न तस्वीर सार्बजनिक गरिदिने धम्की दिएपछि उनी प्रहरीमा गएकी थिइन् ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चामा आएकी सपना र विनय मिलेर वेवारिशे शव जलाउने काम गर्दै आएका थिए । सपना विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि दुवै बीच विवाद बढेको बताइएको छ ।